भिजिबिलिटीका कारण आन्तरिक उडान प्रभावित

माघ ८,काठमाडौं – भिजिबिलिटीका कारण शनिबार बिहान आन्तरिक उडान प्रभावित भएको पाईएको छ। त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँका अनुसार भिजिबिलिटीका कारण बिहान सबै उडानहरू समयमा हुन नसकेका हुन्।

यस्तै कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा यात्रुहरू कम हुन थालेको पनि उनले बताए। भर्खरै धनगढी र नेपालगञ्ज विमानस्थल खुलेको छ ,पूर्वका विमानस्थलहरूमा उडान हुन सकेका छैन रागाइँले भने ।

नेपालमा केहि दिन यता पश्चिमी न्यूनचापीय प्रणालीले गर्दा मौसम खराब भएको छ। नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको मौसमविदले बताएका छन्।

lekbesi