पेरु जितेर पनि बाहिरियो

१३ असार, सुर्खेत

मंगलबार राति भएको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दुबै टिम अघिल्लो चरणमा पुगेका हुन् । समूह विजेता फ्रान्सले दुई खेलमा जित र एउटामा बराबरी गर्दै ७ अंक जोड्यो भने डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक जोडेको हो ।

चालु विश्वकपमा गोलरहित बराबरीमा सकिएको फ्रान्स र डेनमार्कबीचको खेल नै पहिलो हो । अष्ट्रेलिया र पेरु भने पहिलो चरणबाटै बाहिरिएका छन् । अन्तिम खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराए पनि अघिल्ला २ खेल हारेकाले आफूलाई दोस्रो चरणमा पुर्‍याउन सकेन ।

मंगलबार पेरुलाई सान्त्वना जित दिलाउन १८ औं मिनेटमा एन्ड्रे क्यारिलो र ५० औं मिनेटमा पाउलो गुरेरोले गोल गरे । तर यसअघिको खेलमा उसले फ्रान्स र डेनमार्कसँग पराजय व्यहोरेका कारण अघिल्लो चरण जान सकेन ।

अष्ट्रेलियाले भने समूह चरणमा जम्मा १ खेल बराबरी गर्‍यो भने दुई खेलमा पराजय व्यहोर्‍यो । उसले पेरु र फ्रान्ससँग पराजय व्यहोर्‍यो भने डेनमार्कसँग बराबरी खेलेको थियो ।