काठमाडौं उपत्यकामा मात्र आज ४ हजार ६७६ जनामा कोरोना संक्रमण

काठमान्डौ – गत पछिल्लो समयलाई हेर्दा देशभरको एक चौथाई कोरोना ससम्म्क्रमित काठमाडौं उपत्यकामा फेला पर्ने गरेका छन्। आज पनि काठमान्डौमा थप एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज देशभरमा १० हजार ३१९ जनामा कोरोना भाइरसका बिरामी फेला परेका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

lekbesi