बालिकालाई भारत बेच्न लैजाँदै गरेको व्याक्ति पक्राउ ,बालिकाको उद्दार

काठमान्डौ – बालिकालाई भारत लैजाने खोज्ने व्याक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। बालिकालाई भारत लैजान खोज्ने अर्घाखाँची सन्धिखर्क-७ घर भई हाल भरतपुर उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय राजु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
बैतडीबाट माघ ७ गतेदेखि बेपत्ता भएकी ति बालिकालाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटमा फेला पारेको छ। माईति नेपालको समन्वयमा बालिकालाई उद्धार गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

ती बालिकालाई अधिकारीले इनर्वा नाका हुँदै भारत लैजान लागेको पाईएको प्रहरीले जनाएको छ। करिब एक महिनाअघिदेखि अधिकारी बालिकासँग फोन सम्पर्कमा थिए। फोनमै चिनजान गरी बालिकालाई उनले भेट्न बोलाएका थिए।

अर्घाखाँची लगेर बिहे गर्छु भनी बालिकालाई वीरगञ्ज बसपार्कसम्म ल्याएको अनुसन्धानबाट थाहा भएको छ । त्यहाँबाट पाँच मिनेटमा घर पुगिन्छ भनी इनर्वा नाका हुँदै भारत लैजान खोजेको खनालले बताए। बालिका अहिले माइती नेपालको साथमा रहेको र अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको खनालले बताए।
