राष्ट्रिय सभाको चुनावमा दाङ जाँदै गरेको गाडी दुर्घटना दुई जना घाईते
माघ १२, अर्घाखाँची – लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँ पालिकाको गाडी महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा दुर्घटना भएको छ।
राष्ट्रिय सभाको चुनावमा दाङ जाँदै गरेको गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएपछी प्रदेश सांसद तुल्सी चौधरी सहित २ जना घाइते भएका छन् ।
गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत चढेकाे गाडी दुर्घटना भएको होे । घाईते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ ।