सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि मतदानस्थलमा तनाव

माघ १२,हेटौंडा- ललितपुर क्षेत्र नं ३ का प्रदेश सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समातेपछि विवादमा तानीएका छन।

उनले आज हेटौंडामा राष्ट्रिय सभाको मतदानस्थलमा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको कठालो समाएका हुन । श्रेष्ठको कठालो समाएपछि मतदानस्थलमा तनाव समेत भएको छ ।

गोप्य मतदानमा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले फोटो खिचेकी थिइन । त्यसपछि मतदान अधिकृत श्रेष्ठले उनको मोबाइल खोसेका थिए ।

lekbesi

सांसदको मोबाइल खोसेको भन्दै ललितपुरका सांसद राजकाजी महर्जनले श्रेष्ठको कठालो समातेका थिए । महर्जन पहिलो संविधानसभामा ललितपुर २ बाट निर्वाचित सांसद हुन् । पछि उनी मोहन वैद्य किरणसँग लागेका थिए । माओवादीमा फर्किएपछि उनी प्रदेशको सांसदमा निर्वाचित भएका थिए ।