surkhet

निर्माण व्यवसायी महासंघको गैँडा मर्दा पक्राउ पुर्जी जारी कार्य रोक्न माग

surkhet

माघ १५ ,चितवन – गैँडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत भएको निर्माण व्यवसायी महासंघले जनाएको छ। सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेपछि चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायी इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। खड्का पक्राउ भने परेका छैनन्।

Gorkha

यता निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । गत ९ गते सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा खाल्डोमा परेर गैँडा मरेको थियो ।

सडक विस्तार गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीतका कुनै पनि कामकारबाही नभएको महासंघको विज्ञप्तिमा उल्लेख छ । निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको पनि महासंघले दाबी गरेको छ । यता वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ ।

 

salyan