स्थानीय तह ऐन संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय
काठमाडौं- सत्तारुढ गठबन्धनका दलहरुली स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले स्थानीय तह निर्वाचन ऐन,२०७३ संविधानसँग बाझिएको भन्दै संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।
यस्तै आजको बैठकले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने पनि जनाएको छ। संविधानसङ्ग बाझिएका निर्वाचन कानुन/ऎनलाई आवस्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने र देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मुल्य अनुरुप आबधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध रहेको बैठाकमा सहभागी एक नेताले बताए।
स्थानीय तहको जनप्रतिनिधिको कार्यकालको गणनासम्बन्धी ऐनको व्यवस्था संविधानको धारा २१५, २१६ र २२५ सँग बाझिने भएकाले ऐन संशोधन गर्नुपर्ने ती नेताले बताए । सबै जनप्रतिनिधिको कार्यकाल आउने जेठ ५ गते सकिद्दै छ।