काठमाण्डौमा मौसम किन देखिन्छ डर लाग्दो ,,

असार १३ , काठमाण्डौ – वर्षाको मौसम सुरु भय लगतै काठमाण्डौ लगायत विभिन्न ठाँउमा मौसमको फरक फरक संकेत देखिन्छ। दैनिक वर्षा हुँदा देखिने मौसम आज भने अलि फरक शैलीमा देखियो ।आज भोलि मौसमले नेपालको हिमाल पहाड तराई सम्म क्षति गरेको पाईन्छ । केहि अगाडी मात्रपनि काठमाण्डौमा आकाशबाट हिलो सहितको पानि परेको थियो। पश्चिम बङ्गालमा आँधी हुरीले सयौको ज्यान गयको थियो । बंगालको मनसुन आकाशमा उडिरहेको कारण नेपालमा हिलो सहितको पानि परेको मौसमविद हरुले पुष्टी गरे ।समय सँगै मौसमपनि फेरबदल हुने गर्छ ,तर यो वर्ष भने काठमाण्डौमा पहिलेको भन्दा अलगै प्रकारको मौसम देखिन्छ जुन मौसम खतराको संकेत हो ।मौसमले वर्षा मात्र नहुने गरेर अकस्मात चट्याङ् पर्ने भयकोले एस्तो अवस्थामा सचेत रहन मौसमविद्को सल्हा छ।