सेनाले कारबाही गर्न खोज्दा आत्मघाती बिस्फोट गराएर परिवार सहित स्वर्गवास
एजेन्सी – उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट (आईएस) समूहका वरिष्ठ उपप्रमुख अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले आत्मघाती बिस्फोट गराएर आफ्नो र परिवार सबैको ज्यान लिएका छन् ।
भिषण गोलाबारीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा ३ तले घरको चारैतिरबाट घेरा हालेपछि उनले आत्मघाती बिस्फोट गराएर सपरिवारको मृत्युवरण गरेका थिए ।