प्युठान जिप दुर्घटनाम घाईते बेहुलिको दाहिने हात काटेर फालियो

काठमान्डौ – प्युठानमा शनिबार बिहानै भएको जिप दुर्घटनामा परेर घाइते बेहुलीको हात काटिएको छ। दुर्घटनाका घाइते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

जिप दुर्घटनामा गम्भीर घाइते जिसीको दाहने हात बचाउन नसकिने अवस्था आएपछि काटिएको हो। अहिले अन्य घाईतेको पनि त्यहीँ उपचार भइरहेको छ।

घाईते बेहुला दानबहादुर खड्काको अवस्था खतरामुक्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मेडिकल कलेजमा उपचार जारी छ।

lekbesi

जन्ती बोकेको जीप शनिबार बिहानै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दुर्घटनामा ६ जनाको घ’टनास्थल र दुई जनाको उपचारका क्रममा मृ’त्यु भएको थियो।