एमसिसि सम्झौता पत्रमा भर्म नपर्नुहोस कदापी स्वीकार गर्दैनौ: नारायणकाजी श्रेष्ठ
काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसिसि कुनै हालतमा पनि आफ्नो पार्टीले स्विकार नगर्ने बताएका छन।एमसिसि कम्प्याक्टका बारेमा आफ्नो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ श्रेष्ठले भनेका छन।
पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन ,सकिदैन उनले भनेका छन।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसिसि सम्झौता स्वीकार गर्ने भन्दै अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका बाहिरीएको छ।
पत्र बाहिरीपछि देउवा प्रचण्डले वालुवाटारमा छलफल गरिरहेका छन । छलफलमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली पनि सहभागी भएका छन।