surkhet

भाउजुको शरीरमा देवरले पेट्रोल छर्केर आगो लगाइदिए

surkhet

राजविराज- सप्तरीमा देवरले भाउजुलाई ज्युँदै जलाएर हत्या गरेका छन्। बोदे बर्साइन नगरपालिका-१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाई उनकै देवर परमेश्वर साहले हत्या गरेको मृतकका बुवा बद्री साहले बताएका छन्।

देवरले भाउजुलाई ज्युँदै जलाएर हत्या गरेपछि मृतकका बुबा बद्री साहले आईतबार प्रहरीसामु उजुर दिएका हुन्। हत्याका आरोपित २१ वर्षीय परमेश्वर साह भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए। शुक्रबार राजकुमारी चुल्होमा खाना पकाइरहेकी थिइन्।

Gorkha

नजिकै टोलको पसलबाट परमेश्वरले बोतलमा खुल्ला पेट्रोल किनेर ल्याएको खुलेको छ। उनले केहि तेल बाईकमा हालेको र आबेशमा आएका उनले चुलोमा बसेकी राजकुमारी साहको शरीरमा पेट्रोल छर्केका थिए। उनको शरीरमा आगो लागेको थियो।

Dailekh

आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको र आइतबार कोशी अस्पताल विराटनगरमा पोष्टमार्टम भएको मोरङ प्रहरीले जनाएको छ। आगो लगाउनुकको कारण भने खुलेको छैन फरार रहेका उलाई खोजिरहेको डीएसपी काफ्लेले बताए।

salyan