surkhet

सामाखुसीस्थित युटुबर कुट्ने म्यानपावरले अलपत्र पारेका ८ जनाको युएईबाट उद्दार

surkhet

काठमान्डौ – काठमाडौंको सामाखुसीस्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा युएई गई अलपत्र परेका ८ जनाको उद्दार भएको छ भने थुप्रैको उद्दार हुन बाँकी छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि उक्त म्यानपावरले सोमबार आठजनालाई उद्धार गरी नेपाल ल्याएको छ।

नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई गरेका छन् ।

Dailekh
Gorkha

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेपछी म्यानपावर संचालकविरुद्द उजुर पारेको थियो। संचालक भीम गुरुङलाई प्र्रहरीले पक्राउ समेत गरेको थियो छ।

यस्तै गुरुङविरुद्द ज्यान मार्ने उध्योग कसुर अन्तर्गतको मुद्दा पानि परेको छ। मेनपावरबाट पीडित भएकाहरूको साथमा युट्युबरहरु मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए ।

त्यो बेला म्यानपावर संचालकले आफ्ना समर्थक बोलार युटुबरलाई कुटपिट गरेका थिए। कुटपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका थिए।

salyan