संसदमा एमसीसी पास गर्न सरकारले दबाब दिएपछि फेरी सर्यो प्रतिनिधि सभा बैठक

काठमाडौं- भोलि बुधबार बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । बैठक आगामी फागुन २ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो । एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि अमेरिकाले दिएको डेडलाइन अन्तिम चरणमा पुग्न लागेको ।

सरकारले भने त्यसलाई संसद्बाट पारित गर्न दबाबमा रहेको छ । तर सत्तारुढ दलमा नै एमसीसी पारित गर्ने विषयमा मतभेद हुँदा एमसीसी सम्झौता थप किचलो बनेको छ।

