surkhet

एमसीसी जसरी पनि पास गर्छु : प्रधानमन्त्री देउवा

surkhet

काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्ने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिने गरेका छन।

उनले एमसीसी पास गर्न गठबन्धन तोड्ने देखि सभामुख फेर्ने समेत बताउँदै आईरहेका छन। नेपालमा एमसीसीबारे भ्रम फैलाइएको भन्दै उनले आक्रोससमेत पोखेका छन।

अमेरिकी परियोजना मिलिनियम कर्पोरेसन एमसीसी सन्य गठबन्धन भएको र नेपालको कानुनसंग बाझिने भएपछि जन्ताले विरोध गर्दै आईरहेका छन।

Dailekh
Gorkha

२००५ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा हस्ताक्षर गरेका थिए । अमेरिकाले एमसीसीको निर्णय नेपाललाई दिएको समय यहि फागुन १६ गते अन्तिम हुने छ।

उक्त समय अगावै देउवाले गठबन्धनको साथ लिएर संसदबाट बहुमतले एमसीसी पास गर्न चाहान्थे ।तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी अस्विकार गरेपछि देउवा आक्रोसमा छन।

केही दिन अगाडि मात्र देउवा र प्रचण्डले एमसीसी पास गर्ने भन्दै लेखीएको पत्र सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भएपछि चौतर्फी एमसीसीको विरोध भएको छ भने देउवा प्रचण्डलाई कारबाहीको माग गरिएको छ।

पाँच राजनितिक दलले हिजो देखि माईतिघरमा सरकार र एमसीसीविरुद्ध आन्दोलन गरेको छ। त्यस्तै एकीकृत समाजवादीले फागुन १ गते देखि एमसीसीविरुद्ध देशभर आन्दोलन गर्ने जनाईसकेको छ।

 

salyan