काठमान्डौको याक एण्ड यति पाँचतारे होटललाई कारबाही

काठमान्डौ – काठमान्डौको दरबारमार्गमा रहेको याक एण्ड यति पाँचतारे होटललाई स्तर वर्गीकरणबाट रद्द गरिएको छ ।होटेल ले सरकारलाई तिर्नु पर्ने ४२ करोड बढी रकम राजस्व नतिरेपछि याक एण्ड यति होटलको क्यासिनोको इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँच तारे याक एण्ड यति होटेल वर्गीकरण र क्यासिनो बन्द गरिएको बताए ।राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै होटेल क्यासिनो बन्द गरिएको हो ।

यस्तै यो बिषयमा सरकारले पनि सहयोग गरिदिन मन्त्री आलेले बताए । पछिल्लो समय नेपाल सरकारलाई कर छली गर्ने क्यासिनो होटेल तथा विविध कारोबार गर्ने कम्पनीलाई मन्त्री आलेले एक्सनमा उत्रेर कारबाही गर्ने गरेको छन ।मन्त्री आलेको यो कामलाई जन्ताले स्वागत गरेका छन।

 

lekbesi