गठबन्धन नरहे केहि फरक पर्दैन, एमसीसीविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिनुहोस : नेपाल
काठमाडौं -सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै नेकपा (एकीकृत ) समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशव्यापी रुपमा हुने प्रदर्शनमा सबै नेपालीले साथ् दिन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई पेलेरै रास्ट्रघाती एमसिसी पास गर्न खोजेपछि फागुन १ गते एकीकृत समाजवादीले देशभर प्रदर्शन गर्ने बताएको हो। अध्यक्ष नेपालले गठबन्धन नरहे केहि फरक नपर्ने तर देश बच्नुपर्ने बताउदै सम्पूर्ण नेपाली एक भएर अगाडी बढ्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर नेकपा एमालेलाई साथ्मा लिएर भएपनि एमसीसी पास गर्ने बताउदै आईरहेका छन्। आउँदो फागुन २ गते बोलाईएको संसद बैठकमा एमसीसी पास गर्नुपर्ने भन्दै देउवाले सभामुख अग्नि सापकोटालाई दाबाब दिदै आईरहेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि कुनै हालतमा एमसीसी पास गर्न नसकिने बताईसकेका छन्।
एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक एमसीसीविरुद्ध प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको हो ।