नौमुले गाउँपालिकाका वडा अध्यक्ष अर्काको श्रीमती उठाएर फरार

माघ २९ ,दैलेख- नौमुले गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भविराम बुढा मगरले अर्काको श्रीमती भगाएर फरार भएका छ्न ।

करिब एक हप्ता देखि सेवाग्राहीले वडाध्यक्षलाई कार्यालयमा नदेखे पछी उहाँको सोधखोज सुरु भएको थियो । घरपरिवार छरछिमेक कसैले थाहा नपाउने गरि उनले अर्काको श्रीमती बिहे गरि भागेको र हाल उनी नेपालगन्ज सुर्खेत तिर लागेको आशंका गरिएको भने उनको व्यापक खोजी समेत भैरहेको छ ।

उनको फरार पछाडि वडा कार्यालयबाट प्रवाह गरिने काम रोकिदा जनता मर्कामा परेका छ्न। वडा अध्यक्षको हस्ताक्षर चाहिने सिफारिस लगायत अन्य सम्पुर्ण काम अस्तव्यस्त भएको छ भने जिम्मेवार पदमा बसेको व्यक्तिबाट भएको यस्तो लाजमर्दो काम प्रति जनता आक्रोशित भएका छन् ।

lekbesi

निज वडा अध्यक्ष भविराम बुढा मगर २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीबाट वडा अध्यक्षमा निर्वाचित ब्यक्ति हुन । नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरको अत्यन्तै प्रिय पात्र बनेका उनी नौमुलेमा नेपाली काङ्ग्रेसको चर्चित नेता समेत हुन ।

यो पनि

नौमुले गाउँपालिका अध्यक्ष भदे बुढाले लुकाएर राखेको थप १५५ बोरा चामलको गोदाम फेला “आजै गरियो नस्ट”