भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता पेस नहुने

काठमाण्डाै – प्रतिनिधि सभाको भोलि बुधवार बस्ने बैठकमा अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने सम्भावना देखीएको छ।संसद् सचिवालयले भोलिका लागि आज मङ्गलवार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसकाे विषय समावेश गरेको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूचीमा एमसीसी समावेश छैन ।

भोलिका लागि प्रकाशन भएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ ।