समूह चरणखेलमा स्विडेन द्वारा मेक्सिको ३ गोलले पराजित ,,
असार १३ , एजेनसि – रसियामा जारि खेल समूह एफ अन्तर्गत मेक्सिको र स्विडेन बीचमा मेक्सिकोलई स्विडेनले तिन गोलले पराजित गरि नक्आउटमा प्रवेश गरेको छ। हाल्फ समय सम्म बराबरीमा खेलको टिमले मेक्सिकोविरुद्ध स्वीडेनले तेब्बर अग्रता बनाएको छ । स्वीडेनले मेक्सिकोविरुद्ध ३–० गोलको अग्रता बनाएको हो ।
खेलको ७४औं मिनेटमा मेक्सिकोका इड्सन अल्भरेजले आत्मघाती गोल गरेसँगै स्वीडेन ३–० गोलले अघि बढेको हो ।यसअघि खेलको ६२औं मिनेटमा स्वीडेनले पेनाल्टीबाट गोल गर्दै २–० गोलको अग्रता बनाएको थियो ।स्वीडेनले खेलको ५० औं मिनेटमा गोल गर्दै १–० गोलको अग्रता बनाएको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको स्वीडेनले दोस्रो हाफमा गोल गर्न सफल भयो । लुडविग औंगुस्टान्सनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए ।