नौमुलेमा नेपाली काङ्ग्रेसबाट चुनाव जितेका वडाअध्यक्षको गजबको कमाइ पाँच वर्षमा चार तलाको घर
फागुन ८ ,काठमाडौं – नौमुले गाउँपालिका वडा नं ७ पैतीका वडा अध्यक्ष मोतीलाल बस्नेतले पाँच वर्षमा नौमुले बजारमा चार तलाको घर खडा गरेका छन् । राजनिती भन्दा अन्य पेशा व्यवसाय केहि नभएको उनले कसरी यति ठुलो घर बनाए नौमुलेका जनताको चासोको विषय बनेको छ ।
सामान्य रोजीरोटी गर्न समेत धौधौ पर्ने बस्नेतले २०७४ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीबाट नौमुले गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष निर्वाचित भएपछी उनको अचम्म लाग्दो तरिकाबाट खुवाइलगाइ बदलियो । गाउँपालिका अध्यक्ष पनि काङ्ग्रेसकै भएकोले र चतुर निज बस्नेतले गाउँपालिका अध्यक्ष भदे बुढा संग निकै राम्रो समन्ध बनाउदै उनको मन जित्न सफल भए ।
ठुलठुलो आर्थिक चलखेलको सेटिङमा डिल गर्न गाउँपालिका अध्यक्ष भदे बुढा द्वारा प्रयोग गर्ने पात्रको रूपमा उनको नाम चर्चामा आउँछ । गाउँपालिका अध्यक्ष बाहिर जाँदा नजिकैका वडा अध्यक्षलाई कार्यवाहक नदिएर उनलाई नै कार्यावाहक दिने गरेको एक वडा अध्यक्षले गुनासो राखे ।
उनको वडा कार्यालय पैतीमा भए पनि सत्ताको हरेक गतिविधि संग निकै नजिक रहेका बस्नेत नौमुले बजारमै बस्न रुचाउने वडा अध्यक्ष हुन । सेवाग्राहीहरु काम परेर वडा कार्यालय जाँदा कहिल्यै कार्यालयमा भेट्न सकिदैन सानो कामको लागी चार घण्टा हिडेर पैतीका जनताहरुलाई नौमुले झर्नु पर्छ । वडा अध्यक्षको यस्तो गैरजिम्मेवारीपन बाट सोझोसिधा जनताले निकै सास्ती पाइरहेको नाम नबताइदिने शर्तमा कार्यालयकै एक कर्मचारीले गुनासो गरे ।
खडा हुँदै गरेको वडा अध्यक्ष मोतीलाल बस्नेतको चार तलाको घर
यति मात्रै होइन वडा कार्यालय को जग्गा खरिद देखी वडा कार्यालय भवन निर्माण , स्वास्थ्यको भवन निर्माण लगायत थुप्रै विकास योजनामा चरम भ्रष्टाचार भएको भन्दै छानबिनको लागि दर्जनौं मुद्दा उनको नाम अख्तियारमा छ । गाउँपालिकाको भवन निर्माणका लागी जग्गा खरिद समितिको संयोजक समेत निज बस्नेत नै छन् ।
यो पनि पढ्नुहोस,
रोचक
नौमुले गाउँपालिका अध्यक्ष भदे बुढाले लुकाएर राखेको थप १५५ बोरा चामलको गोदाम फेला “आजै गरियो नस्ट”