एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति

फागुन ८,काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए ।नेकपा एकिकृत समाजवादीको हिजो बसेको स्थायी कमिटि बैठकले पनि एमसीसी संसदमा टेबल हुन दिने निर्णय गरेको थियो। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकारहरुसँग कुरा गर्दै आज एमसीसी संसदमा टेबुल हुने बताए। उनले भने ‘एमसीसी सडकमा हैन संस्दमा टेबल भएर गहन छलफल पछि अगाडि बढ्छ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ
