भिम रावलले केपि ओलीलाई राष्ट्रघाती भन्न सक्नुपर्यो : गगन थापा
फागुन ८ काठमान्डौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नभएको टिप्पणी गरेका छन।
विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले प्रष्ट पारे।
ओली नेतृत्वको सरकारलेनै एमसीसी संसदमा दर्ता गरेको सम्झाउँदै थापाले त्यसोभए ‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्यो उनले भने ।
देव गुरुङजीले दाहाल र झलनाथ खनालले माधव नेपाललाई राष्ट्रघाती मुर्दावाद किन भन्न नसकेको उनले भने । एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि द्वैध चरित्र देखाउन नहुने बताएका छन।
सरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्धमा उभिनु आपत्तिजनक भएको थापाको भनाई छ।
केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेकोले मतदानको बेलासम्म एमाले एमसीसीका पक्षमा उभिने विश्वास रहेको थापाले बताए ।