एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले हान्यो गोली
फागुन ८,काठमान्डौ – एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली हानेको छ । बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले गोली प्रहार गरेको हो ।अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ ।
प्रदर्शनकारीतर्फ भएको घाइतेको विवरण अहिलेसम्म प्राप्त भएको छैन्।प्रहरीका अनुसार भने हवाई फायर मात्र गरिएको हो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर उग्ररुप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ। यस्तै प्रहरीले प्रदर्शन रोक्न नयाँवानेश्वरमा अश्युरग्याँस पनि हानेको छ।
तस्वीर : प्रदर्शन गरिरहेका बेला घाईते