surkhet

निर्वाचन आयोगले सरकारसँग माग्यो ८ अर्ब ९५ करोड

surkhet

फागुन १० , काठमान्डौ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ । यस अघि आयोगले १२ अर्ब माग गर्ने जनाएको थियो। सरकारको सिफारिसमा आयोगले वैशाख ३० मा निर्वाचन घोषणा गरेको छ। निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सोमबार अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको आयोगले जनाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनको भन्दा कम खर्चमा निर्वाचन गराउन लागेको आयोगले जनाएको छ।

अघिल्लो निर्वाचनको लागि सरकारले आयोगलाई १० अर्ब २९ करोड उपलब्ध गराएको थियो । यो बेला कोरोनाको संक्रमण छ। स्वास्थ्य मापदण्ड पालना गराउन आवश्यक सामग्री राख्दा पनि कम खर्चमा गर्न लागिएको आयोगले जनाएको हो।

Gorkha

आयोगक अनुसार यस वर्ष निर्वाचनमा खटिने कर्मचारीको भत्तामा झण्डै ४० प्रतिशत कटौती गरिएको छ । अघिल्लो वर्ष तबलको १ सय २१ प्रतिशत र अरु सुविधासहित १ सय ४० सम्म निर्वाचन भत्ता लिएकोमा यसपटक एक सय प्रतिशत मात्रै दिन लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

Dailekh

मतदान केन्द्रमा मास्क र स्यानिटाइजर मात्रै सीमित गर्‍यौं । कर्मचारीले पाउने भत्ता पनि एक सय प्रतिशत मात्रै व्यवस्था गरेका छौं मतदाता शिक्षामा प्रयोग हुने पर्चा पम्प्लेट खर्च कटौती गरेका छौं पौडेलले भने ।

त्यस्तै निर्वाचनको लागि गाडी किन्ने बजेट भने माग नगरेको उनले बताए । स्थानीय तहमा रहेका कर्मचारीलाई नै मतदान स्थल र केन्द्रमा खटाउने, नियुक्ति लिन जिल्लामा आउन नपर्ने भएपछि खर्च कटौती भएको पौडेलले बता। । निर्वाचनमा करिब २ लाख कर्मचारी खटिँदैछन् । मतदाता शिक्षाको लागि पर्चा, पम्प्लेटको सट्टा मोबाइलमा म्यासेज पठाउने, रिङटोन मार्फत् गर्न लागेको उनले बताए । मतदाता शिक्षा खर्चमा अघिल्लो निर्वाचनमा ७० करोड खर्च भएकोमा यस पटक २० करोड मात्रै छुट्याएको निर्वाचन आयोगले जनाएको छ ।

salyan