एमसिसी पारित गर्ने सुर, प्रधानमन्त्री भेट्न केपी ओली सुटुक्क बालुवाटार

काठमान्डौ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन बालुवाटार पुगेका छन्।ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका पुगेको वालुवाटार श्रोतले जनाएको छ । संसदमा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक छलफल हुन लागेको हो।

सत्तारूण गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न असहमत भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग साठगाँठ गरिरहेका छन्।