गुर्भाकोट १० मा कांग्रेस एमाले परित्याग गरि २३ घरधुरी माओवदी केन्द्रमा प्रवेश

फागुन १०,सुर्खेत – गुर्भाकोट नगरपालिका १० हनिमान टोलका २३ घर धुरीले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

हनिमान टोल कमिटिले गरेको आयोजित कार्यक्रममा महिला सदस्य उम्मेद्ववार गिता राना को नेतृत्वमा काँङ्ग्रेस र एमाले पार्टि परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।राना गत स्थानीय निर्वाचनमा एमाले महिला सदस्यका उम्मेद्ववार बनेकी थिइन्।

lekbesi

नवप्रवेशीहरुलाई कर्णाली प्रदेस सभा संसदिय दलका प्रमुख सचेतक ठम्मर बिस्टले अबिर र खादा लगाएर स्वागत गरेका थिए। सम्बोधनको क्रममा सचेतक बिस्टले जनताको जनविकासको सवालमा आफू संधै चिन्तनसिल र प्रयत्नसिल रहने बताए।

उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र प्रदेस कमिटी सद्स्य उदिराम डाङी, नगर कमिटी अध्यक्ष जय बहादुर डाङी, बरिस्ठ उपाध्यक्ष यज्ञ बहादुर बि क,उपाध्यक्ष जनक राज रेग्मी , सचिब युवराज शर्मा लगायत नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो।

पछिल्लो समय गुर्भाकोट नगरपालिकाका विभिन्न वडाबाट कांग्रेस र एमाले पार्टी छोडेर माओवादी केन्द्र रोज्नेक्रम बढेको छ।