नौमुलेमा वडाअध्यक्षको गुण्डागर्दी जाँड् खाएर स्वास्थ्यकर्मी कुटपिट ,कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित
फाल्गुन १२, नौमुले गाउँपालिका वडा ७ पैतीका नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोतीलाल बस्नेत जाँड्ले मात्तिदै रातको नौं बजे तिरको समयमा नौमुले प्राथमिक स्वास्थ्य चौकी भित्र पसेर ड्युटीमा रहि विरामी चेकजाँच गरिरहेका डाक्टर याम प्रसाद शर्मा माथी बिनाकारण अपशब्दको गालीगलौज गर्दै हातपात गरे पछी स्वास्थ्यकर्मीहरुले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरि आन्दोलित भएका छन ।
हस्पिटलका कर्मचारीहरुले जाँडले मात्तिएका निज वडा अध्यक्ष बस्नेतलाई सम्मानपूर्वक होहल्ला नगरीदिन बारम्बार अनुरोध गर्दा समेत बिनाकारण डाक्टर याम प्रसाद शर्मा माथी खनिएका हुन ।
वडा अध्यक्षको धाकधम्की लगाउदै कर्मचारीहरुलाई कि सरुवा गर्ने कि जागीर खाइदिने चेतावनी दिदै निज वडा अध्यक्ष बस्नेतले डाक्टर याम प्रसाद शर्मालाई झम्टिएर हातपात गरेका थिए ।
हस्पिटलका कर्मचारीहरुले जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले स्वास्थ्यकर्मीहरु माथी गरेको यस्तो व्यवहारको विरोध गर्दै दोषी माथी छानबिन गरि कार्वाही हुनुपर्ने माग गरेका छन ।
स्वास्थ्यकर्मीकर्मी हरुले विज्ञप्ति निकाल्दै निज वडा अध्यक्षलाई छानबिन गरि तत्काल कार्वाही नभए सम्म र आफुहरुलाई सुरक्षाको प्रत्याभूति नगराए सम्म इमर्जेन्सी बाहेक हस्पिटलबाट प्रवाह गरिने अन्य सेवा बन्द गरिने बताएका छ्न ।
स्वास्थ्य चौकीबाट सर्वसाधारणको निम्ति प्रवाह गरिने सेवा सुविधालाई प्रभावकारी र चुस्तदुरुस्त राख्न निर्वाचित जनप्रतिनिधिले हस्पिटलका कर्मचारीहरु संग हस्पिटल भित्रका समस्याहरु समन्धी राय सल्लाह लिइ विरामीहरुको उपचार र सेवाको निम्ति प्रेरणा र हौसला दिनुपर्ने ठाउँमा हस्पिटलका कर्मचारीहरुलाई जाँड खाएर धम्की दिने र हातपात गरेको घटना प्रति नागरिक समाज बुद्धिजीवीहरुको ध्यानाकर्षण भएको छ भने सर्वसाधारणहरु निज वडा अध्यक्ष प्रति आक्रोशित भएका छन ।
वडा अध्यक्षले चार तलाको घर बनाएको र त्यसको श्रोत के हो? भनेर निजको विषयमा विभिन्न मिडियामा समाचार आए पछी जाँड पिएर मिडियालाई कारवाही गर्ने धम्की दिदै हिडेका निज बस्नेतले ड्युटीमा रहेको डाक्टरलाई झम्टिएको स्थानीयले बताए ।
निज बस्नेत २०७४ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीबाट नौमुले गाउँपालिकाको वडा नं ७ पैतीका वडा अध्यक्षमा निर्वाचित ब्यक्ति हुन ।अहिले स्वास्थ्यकर्मीहरुले सबै सेवा ठप्प गरि र्याली सहित कोण सभा गरिरहेका छन् ।