धादिङ्मा पहिरो बाट ५ जनाको मृतु ,

असार, १४ , काठमाडौं – हिजो राति १२ बजे तिर धादिङको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिए । उनीहरुको छोरा १० वर्षका विकास गुरुङ सामान्य घाइते भएका छन् । उनको नजिकको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।लगातारको वर्षाबाट पहिरो बाट १६ घर प्रभावित भयका छन्।

यसैगरी खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको एसपी विकले जानकारी दिए ।