म यसतो गीत गाउँछु २ देशभर प्रदर्शन नायक पल शाह भने प्रहरी कार्यलयमा
फागुन १३ काठमान्डौ – नायक शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ आज देखि नेपालभरिका हलमा प्रदर्शन हुँदै छ उनी भने तनहुँ प्रहरी कार्यलयमा छन।
नायक शाह र पुजा शर्मा लगायतका कलाकारहरुको अभिनयमा म यस्तो गीत गाउँछु २ आज देशभरका फ्लिमी हलमा प्रदर्शन हुँदै छ। चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन।
समय मिलाएर सबैले नजिकको हलमा गएर हेर्नपनि उनले आग्रह गरेका छन। शाहले अभिनय गरेको चलचित्रलाई देश भित्र र बाहिरबाट दर्शकहरुले सुभकामना दिएका छन।यस्तै नायक पल शाहले आफू माथी लगाईएको आरोपलाई खण्डन गर्दै आईरहेका छन।नायक पल शाहले सुर्यमा कहिलेकाहीँ ग्रहण लाग्ने तर त्यो ग्रहणले सुर्यको प्रकाशलाई केहिबेर मात्र रोक्न सक्ने बताएका छन।
उनिमाथि गायिका समिक्षा अधिकारीले करणीको जाहेरी दिएपछी शाह अहिले तनहुँ प्रहरी कार्यलयमा छन। पलले आफू लाई बिहे गर्ने प्रलोभन देखाएर करणी गर्दै आईरहेको गायिका अधिकारीले आरोप लगाईरहेको छिन।