एमसीसी विरुद्द माओवादी केन्द्र र राष्ट्रवादी केन्द्रको आन्दोलन यस्तो देखियो तस्विर

काठमान्डौ – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले एमसीसी विरुद्द माईतिघर देखि नयाँ वानेश्वरमा प्रदर्शन भएको छ। एमसीसी फिर्ता गर्न माग गर्दै उनीहरुले चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

आजको आन्दोलन भने शान्तिपूर्ण भएको छ। नाराबाजी गर्दै वानेश्वरमा प्रहरीले लगाएको निषेधित क्षेत्रलाई तोड्न खोजे पछि केहि छिन प्रहरीसंग धकेला धकेल समेत भएको थियो। राष्ट्रवादी केन्द्र पार्टीले पनि एमसीसी फिर्ता गर्न माग गर्दै आजै आन्द्दोलन गरेको थियो।

वानेश्वरको दुइ लाईनमा एका तिर माओवादी थियो भने अर्को लाईनमा राष्ट्रवादीले आन्दोलन गरेको थियो। यस्तै आज बस्ने भनेको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रदर्शन रोकीएको थियो। त्यस्तै एमसीसीको विरोधमा पर्सि पून आन्द्लन गर्ने छ दल र दुई मोर्चाले बताए।

प्रदर्शनमा राष्ट्रघाती एमसिसि फिर्ता गर अमेरिकी साम्राज्यवाद मुर्दावाद प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेपाली कांग्रेसका नेताहरुविरुद्द नाराबाजी गरिएको छ। त्यस्तै एकिकृत समाजवादी पार्टीले राष्ट्रिय प्रज्ञा भवनमा एमसीसीविरुद्द खबरदारी सभा गरेको छ।