संसद भवन अगाडि सडकमा प्रेसर कुकर बम फेला

काठमान्डौ – बानेश्वरको संसद भवन अगाडि सडकमा प्रेसर कुकर बम फेला परेको छ । संसद् भवन नजिकैको घुम्तीमा कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ ।

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले नेपाल आज बन्दको आव्हन गरेका छन्।

त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद कुकर राखेर फरार भएको प्रहरी स्रोतले बताएको छ।

lekbesi

सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।शंकास्पद कुकर बम नै हो कि त्रास फैलाउन राखिएकोहो भन्नेबारे प्रहरीले अनुसन्धान गर्दैछ।
नेपाल बन्दको घोषणा भयपनि राजधानीमा भने सवारी साधन चलिरहेका छन। अन्य दिन भन्दा भने सवारीसाधनहरु सडकमा कम देखीएका छन।