अध्यक्ष भदे बुढा द्वारा नौमुले गाउँपालिकाको बजेटको चरम दुरुपयोग, महावु गाउँपालिकाका ब्यक्तिलाई ढेड लाख उपचार खर्च

फागुन १९ ,काठमान्डौ -दैलेख नौमुले गाउँपालिकाका गरिब असहाय रोगी विरामीहरुले आफ्नो गाउँपालिकाबाट उपचारका निम्ति राहत पाएका छैनन्। तर गाउँपालिका अध्यक्ष भदे बुढाले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका पुर्व उपसभापति एंव महावु गाउँपालिकाका कर्ण बहादुर शाहीलाई नौमुले गाउँपालिकाको बजेटबाट एक लाख पचास हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराए छ्न ।
आफ्नो उपचार आफै गर्न नसक्ने अति विपन्न व्यक्तिहरुको लागी उसको आर्थिक अवस्था, रोगको प्रकृति हेरेर सहयोग गर्ने उद्देश्यले गाउँपालिकामा राहत कोषको स्थापना गरिन्छ । कस्ता व्यक्ति र कस्ता विरामीले यो कोषबाट राहत पाउन सक्छन् यसको कार्यविधि अनुसार छनौट गर्नुपर्दछ । गाउँपालिका भन्दा बाहिरका ब्यक्तिले राहत पाउने र दाबी गर्ने कुनै कानुनी आधार छैन ।
नौमुले गाउँपालिका भित्रका गरिब विपन्न जनताले पाउने राहत महावु गाउँपालिकाका नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति दैलेखका पुर्व उपसभापति कर्ण बहादुर शाहीलाई उपलब्ध गराउन कानुन र कार्यविधि मिचेर गाउँपालिका अध्यक्ष भदे बुढाले कार्यपालिकाबाट जबर्जस्त निर्णय गराएका थिए। नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए ।

आफ्नै गाउँपालिका भित्रका मृगौला, क्यान्सर,मुटुका समस्या जस्ता गम्भीर रोगका विरामीले समेत गाउँपालिकाबाट राहत नपाउँदा भदे बुढाको यो क्रियाकलापबाट स्थानीय जनता आक्रोशित भएका छ्न ।आफ्नो उपचार आफ्नै खर्चबाट गर्न नसक्ने अति गरिब विरामीहरुले गाउँपालिका बाट राहत पाउने आशामा पेस गरेका सयौं डकुमेन्टहरुको कुनै छिनोफानो भएको छैन।
तर पहुँच पैसावालाहरुले मात्रै नौमुले गाउँपालिकाबाट राहत पाइरहेका छन् । एक कर्मचारीले गुनासो गर्दै बताउनुभयो, गरिब र विपन्न हरुको निम्ति स्थापना गरिएको राहत कोषमा हुनेखानेहरुकै बोलवाला चलेको छ ।
हुन त भदे बुढाको यो बेथिति नयाँ होइन मोटो कमिसन र फाइदाकालागि गाउँपालिकाको भवन निर्माणका निम्ति खरिद प्रक्रियामा रहेको धाइरो घारी ,जग्गा सेटिङ देखी राहतको चामल बिक्री र चामल लुकाएको घटना साथै नौमुले हस्पिटलको भवन निर्माण प्रयोजनका निम्ति खरिद गरिएको जग्गा प्रकरण जस्ता दर्जनौं अपराधका दोषी भदेलाई कानुनी कठघरामा उभ्याउन बाँकि रहेको स्थानीयहरु बताउँछन् ।

यो पनि
