प्रचण्ड र मेरो छलफल चलिरहेको छ अतिरञ्जित ढङ्गले नबुझ्न अपिल गर्दछु : नारायणकाजी श्रेष्ठ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई अतिरञ्जित ढङ्गले नबुझ्न अपिल गरेका छन्।

विहिवार साँझ सामाजिक संजालमा एक पोस्ट गर्दै नेता श्रेष्ठले पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अपिल गरेका हुन्।

यस्तै उनले प्रचण्ड र आफू बिच छलफल चलिरहेको पनि बताएका छन। सरकारले एमसिसी अनुमोदन गरेपछी श्रेष्ठ रुष्ट छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी छोड्न मन लागे छोड्नुजोस भन्ने अभिव्यक्ति दिएपछी उनले पार्टीबाट अलग हुने समेत बताएका थिए । अहिले प्रचण्डले श्रेष्ठलाई फकाउने र पार्टी नछोड्न आग्रह गरेका छन।