हारेर पनि पुग्यो जापान भाग्यमानी बन्दै नकआउट चरणमा
१४ असार ,काठमाडौँ । जापान विश्वकप २०१८ फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ को आन्तिम खेलमा पोल्यान्डसँग १–० गोलअन्तरले पराजित भएपनि जापान भाग्यमानी सावित हुदै नकआउट चरणमा पुगेको छ ।
जापान फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । कोलम्बियाले भने सेनेगललाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एसियाली राष्ट्र जापानमाथि पोल्यान्डले खेलको ६० मिनेटमा गोल गरेको थियो । पोल्यान्ड पहिलो चरणबाट बाहिरिसकेको टिम थियो । जापानको भने चार अंक थियो ।
दोस्रो चरणका लागि जापानमाथि जित्नैपर्ने दबाब भय पनि फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । अब जापान र कोलम्बियाले इंगलैंड कित बेल्जियमसंग खेल्न पर्ने छ ।