प्रचण्डका कारण राष्ट्रघाति एमसिसी पास भयो : विप्लव

काठमान्डौ –  एमसिसी राष्ट्रघाती भएको भन्दै नेकपा कम्युनिष्ट पार्टीका पाँच दल र दुई मोर्चाले आज काठमाण्डौको खुल्लामन्चमा विरोध कार्यक्रम गर्दै छन। आयोजित कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन।

साथै सम्पूर्ण देशभक्त जनसमुदायहरू र पार्टीमा रहेका राष्ट्रवादी, देशभक्त र स्वाधिनताका पक्षधरहरु एकीकृत र धुर्विकृत हुन समेत पार्टीले आग्रह गरेका छन।विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ।

गत १५ गते सरकारले संसदबाट एमसीसी अनुमोदन गरेको छ। जस्कोविरुद्ध देशभरमा आन्दोलन समेत भैइरहेको छ भने नेकपा माओवादी केन्द्र र एकिकृत समजावादी पार्टीका नेताहरुमा मन मुटाक बढेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण राष्ट्रघाति एमसिसी पास भएको नेकपा विप्लव समर्थकको निस्कर्श छ।