Gold

७ कक्षामा अध्यनरत विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिएपछी

Naumule Migrate

फागुन २१  काठमान्डौ – काठमाडौंको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। यहि १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू घर नागरकिएपछि आफन्तले प्रहरीसामु खोजि गरिदिन आग्रह गरेका थिए।

खोजि गर्दा उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित बसपार्कनजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय विद्यालयमा कक्षा-७ मा अध्ययनरत छन्।

बुढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्धस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसरले आज एक विज्ञप्ति मार्फत जनाएको छ। यस्तै थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ।

Naumule Badhipahiro