कांग्रेस सप्तरीको निर्वाचनमा मतपत्र च्याता- च्यातगरेपछि मतदान स्थगित

राजविराज – नेपाली कांग्रेस सप्तरीको नेतृत्व चयनको निर्वाचनमा फेरि विवाद देखिएपछि स्थगित भएको छ। चारवटा संसदीय निर्वाचन क्षेत्रको बुथ कायम गरिएकोमा क्षेत्र नम्बर ३ को बुथमा इच्छाएको व्यक्तिले मतदान गर्ने समबन्धी विषयमा विवाद भएको हो । पहिलेपानी विवादपछि स्थगित भएको मतदान आज शनिबार बिहान ११ बजे शुरु भएको थियो।

साँझा ५ बजे विवाद भएपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन पक्ष र संस्थापन इतर समूहबीच विवाद भई मतपत्र नै च्याताच्यात भएपछि मतदान रोकिएको छ । कुल २ हजार ५ सय ३५ मतदाता रहेकोमा साँझ ५ बजेसम्म ६ सय जनाले मात्र मतदान गर्न सकेका छन् ।

मतदान धेरैजनालाई गर्नुपर्ने हुँदा एक जनालाई कम्तीमा १० मिनेट लाग्ने गरेको छ । गाउँबाट आएका मतदाताहरु घण्टौंदेखि लाइनमा बसेका छन् । सहमतिको प्रयास भइरहे पनि रोकिएको मतदान फेरि सुरु हुन सकेको छैन । दुवै पक्षबीच सहमति भए तत्कालै मतदान सुरु हुने शर्माले बताए।

 

lekbesi