Gold

पल शाह समिक्षा प्रकरण: एक युट्युबर पक्राउ

Naumule Migrate

फागुन २३  काठमान्डौ – नायक पल शाह र सामिक्ष अधिकारि प्रकरणमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ। अभिनेत्री रेखा थापाको जाहेरीमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाको छ। युट्युबमार्फत् गाली गलौज गरेको भन्दै प्रहरीको साइबर व्युरोले गुल्मीको मदाने गाउँपालिकाका २१ वर्षीय राहुल थापा मगरलाई काठमाडौंबाट पक्राउ गरेको हो।

थापाले सेलेब नेपाल नामक युट्युब च्यानलमा भिडियो बनाइ अभिनेत्री थापालाई गाली गलौज गरेका थिए। केही दिनअघि पल शाह प्रकरणमा अभिव्यक्ति दिएकी अभिनेत्री थापामाथि युट्युबरहरुले गाली गलौज गरेका थिए। गाली गलौजपछि अभिनेत्री थापाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। उनलाई अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको साइबर व्युरोले जनाएको छ।

Naumule Badhipahiro