म आफ्नै काममा ब्यस्त छु पक्राउ परेको छैन शर्मिला वाईबा

काठमान्डौ – सामाजिक अभियान्ता शर्मिला वाइबा आफ्नै दिन्चार्य बिताईरहेकी छिन ।
अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको भन्दै समाचार बाहिरीएपछि शर्मिला वाईबाले आफु आफ्नै काममा ब्यस्त रहेको बताएकि छिन।

प्रहरीले मलाई फोन गर्यो भने म आफै जान्छु मलाई प्रहरीले पक्राउ गरेको छैन । म आफ्नै दिन्चार्यमा छु उनले लेखेकी छिन। यस्तै वाईबाले थप लेखेकी छिन रेखा थापाले पल शाहलाई बलात्कारि भनेर सामाजिक संजालमा लेखेपछि उसको हिस्टोरी पनि भन्नै पर्छ भनेकी छिन।

अभिनेत्री थापा, शर्मालगायत नायिकाले पल शाह प्रकरणबारे मुख खोल्दा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् ।वाइबामाथि अभिनेत्री थापाकी दिदी तारा थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् ।

 

lekbesi