नौमुलेमा बाह्र सय विद्यार्थीहरुको भविष्य अन्योल ,हेड मास्टरलाई वि.व्य.स अध्यक्षको कडा चेतावनी
फागुन २४ काठमान्डौ – दैलेखको नौमुलेमा रहेको भैरव माध्यमिक विद्यालयका प्रअ नगेन्द्र सिहं विद्यालयमा पढाउन छाडेर धेरै जसो आफ्नो श्रीमतीसंग घुम घाममा जाने र फोट खिच्ने गुनासो बढेको छ।
नौमुले गाउँपालिकाका उपाध्यक्ष अमृता सिहंको पछी पछी दिनहुँ जसो सार्वजनिक कार्यक्रममा जाने र घुम्फिरमा देखिने भए पछि उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सशिराम विकले प्रअ नगेन्द्र सिंहको फेसबुक पोस्टमा कमेन्ट मार्फत कडा चेतावनी दिएका छन् ।
प्रअ नगेन्द्र सिंहको फेसबुक आइडिबाट पोस्ट गरिएको “संयोग” लेखिएको फोटो सहितको स्टाटसमा अध्यक्ष सशिराम विश्वकर्माले कमेन्ट मार्फत प्रअ नगेन्द्र सिंहलाई भन्नुभएको छ ” शिक्षकको काम र कर्तव्य भनेको विद्यालयमा र विद्यार्थीहरुलाइ पढाउने हो कि जनप्रतिनिधिको पछि पछि हिड्ने हो?तपाईंको यस्तो गैरजिम्मेवारी चरित्रले यस विद्यालयको एघार बाह्र सय विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ।
साथै अध्यक्ष विश्वकर्माले कमेन्टमा नौमुले गाउँपालिका र उपाध्यक्ष अमृता सिंह माथि पनि आक्रोश पोखेका छन् । सम्वन्धमा श्रीमान श्रीमती भएपनि विद्यालयको शिक्षकलाइ आफ्नो ड्युटीमा लगाउन छोडेर सत्ताको पावरमा गाउँपालिकाका उपाध्यक्षले आफ्नो श्रीमानलाइ दिनहुँ सार्वजनिक कार्यक्रममा बोकेर हिड्नु भ्रमणमा घुमाउनु नालायकपन भएको लेख्नुहुँदै सत्ता र शक्तिको दुरुपयोग गरि सयौं विद्यार्थीहरुको भविष्य अन्योलमा पार्ने काम नगर्न समेत कडा चेतावनी दिएका छ्न ।
एमाले गाउँ कमिटी नौमुलेका अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशिराम विश्वकर्मा ले अब निर्वाचनमा आउन एकसट्ठी दिन मात्र बाँकी रहेको र निर्वाचन पछाडि पनि यस्तै यि दुई महामहिम दम्पतीको चुरिफुरी सकिने बताएका छन् । भने प्रअ नगेन्द्र सिंहले जवाफमा नकारात्मक दृष्टिकोण भनेका छ्न ।
अध्यक्ष सशिराम विश्वकर्मा नेकपा एमालेका युवा नेता हुन । दलित समुदायबाट हुर्केका विक अन्याय, अत्याचार ,भ्रष्टाचार साथै विकृति र विसंगतिका विरुद्ध खरो रुपमा उत्रिने नेताका रूपमा परिचित छन् । नौमुलेमा यिनको लोकप्रियता अत्यन्तै व्यापक छ ।