surkhet

अभिनेत्री सोनाक्षीविरुद्ध पक्राउ पुर्जी जारी

surkhet

फागुन २४ मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई पक्राउ पुर्जी भएको छ। उनीमाथि ३७ लाख भारतीय रुपैँया लिएर इभेन्टमा नगएको आरोप लगाइएको छ। बलिउड हंगामाका अनुसार सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा हाजिर हुन भनिएको छ।

Gorkha

उनीमाथि ४२०, ४०६ धारा लगाइएको छ। यो विषयमा भने अभिनेत्री सोनाक्षीले आफूलाई कुनै कुराको जानकारी नभएको बताएकि छिन। यस्तै उनले अफवाहको पछाडि नलाग्न मिडियाहरुलाई आग्रहसमेत गरेकी छन्। मलाई प्रभावित पार्ने र मेरो छबि बिगार्ने उदेश्यले यो अफवाह फैलाईएको हो उनले भनिन।

यस्तो खबरहरुलाई स्पेश नदिन भन्दै सोनाक्षी सिन्हाले सबै मिडियाकर्मीसामु अपील गरेकी छिन। उनले यो मामला मुरादावाद अदालतमा चलिरहेको र इलाहवाद उच्च अदालतले स्टे अर्डर जारी गरेको बताइन्। उनले मुरादावाद अदालतलाई यस मुद्दाको फैसल गरिदिन आग्रह गरेकी छन्। उनले आफूविरुद्ध अहिलेसम्म कुनै ‘वारेन्ट’ जारी नभएको दाबी गरेकी छन्।

 

salyan