Gold

प्रचण्डले आफ्ना परिवरका ६ जनालाई केन्द्रिय सदस्य मनोनित गरेपछि पार्टीमा विवाद

Naumule Migrate

फागुन २४ , काठमान्डौ – एकिकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा आफ्नै छोरि ज्वाईको नाम मनोनित गरेपछि पार्टी भित्र विवाद देखीएको छ। जनयुद्द लडेर आएका थुप्रै नेताहरुलाई छुटाएर प्रचण्डले आफ्ना छोरी ज्वाईलाई केन्द्रीय कमिटीमा मनोनित गरेपछि विवाद देखीएको हो। केन्द्रिय कमिटिमा उपस्तिथी एक नेताका अनुसार प्रचण्डले आफ्नै परिवारवाद मात्र लादेको भन्दै विवाद बढेको उनले बताए।

हिजो ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।

यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए । यो संगै प्रचण्ड परिवारका ६ जना केन्द्रीय सदस्य बनेका छन्।

 

Naumule Badhipahiro