प्रचण्ड र सुस्मा स्वराजको सोल्टी होटेलमा भेटघाट के भयो कुरा ?

रंग दर्पण १९ माघ – काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री सुष्मा स्वराज बीच भेटघाट भएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार सोल्टी होटलमा शुक्रबार बिहान ९:४० देखि साढे १० बजेसम्म स्वराज र प्रचण्ड बीच भेतवार्ता भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिएका छन् ।

स्वराजसँगको भेटपछि प्रतिक्रिया दिँदै दाहालले अहिले उनको भ्रमण एक सद्भाव भ्रमणको रुपमा आफूले बुझेको बताए । साथै चुनावपछिको नेपालको परिस्थिति र सरकार गठनको तयारीका बारेमा कुराकानी भएको प्रतिकृया दिए ।

नेपालको भावी राजनीति कसरी अघि बढ्ला भनी जिज्ञासा राखेको र निर्वाचनमा विजयी भएकोमा बधाई शुभकामना दिएको बताए ।

lekbesi

आफूले नेपालका लागि राजनीतिक स्थायीत्व र विकास आवश्यक रहेको र मुख्य गरी दुई देशबीचको सहयोग र सद्भावका बारेमा नै कुराकानी भएको प्रष्ट्याए । साथै नेपालको राजनीतिक स्थायीत्व र विकासका लागि भारतको सधैं सहयोग रहने प्रतिवद्धता जनाएको दाहाले बताए।

विदेशमन्त्री स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सहित कांग्रेस नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आजै अपराह्न दिल्ली फिर्ता हुनेछिन् ।

बिहीबार दिउँसो काठमाडौं आएकी स्वराजले भावी प्रधानमन्त्रीको मुख्य दावेदार रहेका एमाले अध्यक्ष केपी ओलीसँग एकल र एमाले नेतासहित संयुक्त भेटवार्ता गरेकी थिइन् ।