surkhet

मुलुकमा आर्थिक अनुशासनहीनता बढ्दै गयो ध्यानआकर्षण हुनुस रास्ट्रपति भण्डारी ,,

surkhet

असार, १५ काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा आर्थिक अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनतालाई अन्त्य गर्न सरकार र संघीय संसदको पनि गम्भीर ध्यानाकर्षण गरायाकी छिन ।शुक्रबार काठमाडौंमा आयोजित महालेखा परीक्षकको कार्यालयको हीरक जयन्ती समारोहमा बोल्दै उनले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा औंल्याइएको टिप्पणी सम्बोधन गर्न सरकार र संघीय संसदले ढिलाइ गर्न नहुनेमा जोड दिइन ।

Gorkha

उनले आर्थिक अनुशासनमा हुने ह्रासले मुलुकलाई समृद्ध बनाउने अभियानमा ह्रास ल्याउने कुरालाई ध्यानमा राखेर त्यसलाई सम्बोधन गर्न सरकार गम्भीर हुने विश्वास पनि व्यक्त गरिन् ।राष्ट्रपति भण्डारीले जनताको चाहना अनुसार लेखा परीक्षणको कार्यलाई अझै प्रभावकारी र परिणाममुखि बनाउन महालेखा परीक्षकको कार्यालय सबल र सक्षम हुँदै जाने विश्वाससमेत व्यक्त गरेकीछन् ।राष्ट्रपति भण्डारीले सार्वजनिक आर्थिक क्रियाकलापलाई पारदर्शी र जवाफदेही बनाउन महालेखा परीक्षकको कार्यालयको महत्वपूर्ण भूमिका हुने पनि स्मरण गराइन् ।कार्यक्रममा राष्ट्रपति भण्डारीले उत्कृष्ट कार्यसम्पादन गरेका महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुलाई सम्मान गरेकी थिइन् ।

salyan