बन्दुकको आवाज र बारुदको गन्ध प्रकाशलाई के थाहा ?

फागुन २९ रोल्पा – जनयुद्धकि पुर्व लडाकु उशाले बन्दुकको आवाज र बारुदको गन्ध प्रकाश सपुतलाई थाहा नहुने बताएकि छिन।
प्रकाश सपुतले बजारमा पठाएको पिर बोलको गीतमा जनयुद्ध लडेका महिलाहरु यौन पेशामा लागेको चित्रण गरिएपछि अहिले गीत विवादमा तानीएको छ।
उशाले लेखेकी छिन
बन्दुकको आवाज कस्तो हुन्छ??
बारुदको गन्ध कस्तो हुन्छ??
घाइतेहरुको चित्कार कस्तो हुन्छ??
सहयोद्वाहरुलाइ अन्तिम सलाम गर्दाको पिडा कस्तो हुन्छ??
त्यो प्रकाशलाई के थाहाँ!!
बिचरा के थाहाँ उसलाई!!
जो लड्दै थियो व्यवस्था बदल्न एक महिला योद्वा त्यतिबेला सायद उ भट्टीमा बसेर रक्सि पिउदै थियो होला।।क्लबमा गयर गित गाउदै अरुलाइ खुसि बनाउदै थियो होला।।
अनि के थाहा जनयुद्वको इतिहास।
उषा लगायत अखिल क्रान्तिकारिकि अध्यक्ष पन्चा सिंह लगायत देश भरका जनयुद्धका पुर्व लडाकुहरु नेता कार्यकर्ताले तत्काल युटुबबाट गीत हटाउन माग गरेका छन।
अन्यथा परिणाम नराम्रो हुने समेत उनिहरुले बताएका छन।
जनयुद्ध लडेका लडाकुहरु आर्थिक स्थिति कमजोर छ भन्दैमा देह व्यापार गर्छन भन्ने प्रकाश सपुतको “पिर” नामक सृजनाले बहुसंख्यक गरिवीको रेखामुनि रहेका नेपाली महिला दिदिबहिनीको आत्मसम्मान र स्वाभिमानमा चोट पुगेको उनिहरुको भनाई छ।
