प्रकाश सपुतको गीतमा विरोध गर्नुपर्ने आवस्यक छैन : प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रकाश सपुतको गीतमा विरोध गर्नुपर्ने र उत्तेजित हुन आवस्यक नरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा पत्रकारहरूसँग बोल्दै अध्यक्ष दाहालले गीतकै कारण उत्तेजित हुन पर्दैन । पक्ष/विपक्ष हुन सक्छ । यसलाई सहज रुपमा हेर्नुपर्छ दाहालले भने ।
उनले ‘जनयुद्ध’बाट शान्ति प्रकियामा आउनु हुने थियो कि थिएन भनेर पनि बहस भइरहने र यो धेरै वर्षसम्म जारी रहने बताएका छन् ।

सर्जकहरुले आफ्नो दृष्टिकोण अनुसार विभिन्न रचना गरेका हुने बताउँदै उनले प्रकाश सपुतको पछिल्लो भिडियोले एउटा विचारको प्रतिबिम्ब गरेको प्रतिक्रिया दिएका हुन् ।
मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ उनले भने ।
म कतार र मलेसिया जाँदा ‘जनयुद्ध’मा सामेल भएका लडाकुहरु दु:ख गरेको भेटेको समेत छु ।म कतार मलेसिया जाँदा जनयुद्धमा रहेका लडाकुहरु दु:खपूर्ण जीवन बिताएको पाएँ । दु:ख पाएको भएपनि उहाँहरुले हामी विचलित छैनौं,। आवश्यक परेमा फेरि त्याग गर्न तयार समेत रहेको बताउनु भएको थियो ।
जनयुद्धमा उत्पीडित वर्गले केही अधिकार पाएको भन्ने पक्ष पनि छ । कसैले यसबाट बर्बाद भइयो पनि भनेका छन् । त्यसबेला महिलाहरुमा वीरता र कीर्तिमानका पक्ष पनि छन् । राज्यबाट उनीहरुमाथि अत्याचार र दमन भएका पक्ष छन् ।
त्यसैले यस(गीत)मा उत्तेजित हुन कोही पर्दैन । यसमा पक्ष/विपक्ष हुन सक्छ यसमा विरोध गर्नैपर्ने आत्तिनै पर्ने म देख्दिन उनले भने ।
प्रकाश सपुतले पिर नामको गीत बजारमा पठाएपछि विवादमा तानीएको छ। गीतले १० बर्ष जनयुद्ध लडेका लडाकुहरु अहिले नारी देह व्यपारमा लागेको चित्रण गरेपछि चौतर्फी विवाद देखीएको पछि तत्काल गीत हटाउन समेत चेतावनी दिईएको छ।