बजारमा मासु किन्दै हुनुहुन्छ साबधान ,,
रंग दर्पण १९ माघ – मासु खादै हुनुहुन्छ भने ध्यान दिनुहोस बजारमा बिक्रेताले मासु मा पानि हालेर मासु बेच्ने फेला परेको छ तेती मात्र होइन फोहर पानि समेत मिसाईयको देखियो ।
गौर विजयपुर हाटबजारमा मौलापुरका कृष्ण तिवारीले खसी काटेको देखेपछि मासु किन्न गए । तर, खसीमा पानी भरेको देखेपछि उनी मासु नकिनी फर्किए । ‘किन पानी भरेको भनेर सोध्दा व्यापारीले तपाईंले नकिन्नुस् भन्ने जवाफ दिए’, उनले भने ।
हाटबजार तथा मासु पसलको अनुगमन नहुँदा उपभोक्ता अस्वस्थकर मासु किन्न बाध्य छन् । ग्रामीण भेगका हाटबजारमा फोहोर स्थानमा काटेको, पानी मिसाएको, झिंगा भन्केको, धुलो टाँसिएको मासु बिक्री हुँदै आएको छ ।
फतुुवाविजयपुर नगरपालिकाका विजयपुर, सन्तपुर, वैरगनियाँमा लाग्ने हाटमा खसी, बोका र कुखुराको मासुमा फोहोर पानी मिसाएर बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ । चन्द्रनिगाहपुरमा रहेका पसलबाट पनि फोहोर मासु बिक्री हुने गरेको छ । उपभोक्ताले स्थानीय प्रशासनलाई अनुगमन गर्न आग्रहसमेत गरेका छन् ।
खसी र कुखुराको मासुमा पानी भरेर बिक्री गर्नाले एक किलोमा एक पाउ नै कमी हुने गरेको उपभोक्ताले बताएका छन् । विजयपुरका जेन लामाले भने, ‘एक किलो खसीको मासु किन्दा दुई सय ५० ग्राम नै कमी पाईयो