surkhet

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि परीक्षा तालिका यस्तो छ

surkhet

चैत ५,काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने गरि परिक्षाको तालिका सार्वजानिक गरेको छ। आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

Gorkha

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् । आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

salyan